Search

Tomato

Trouble Shooting Module (TSM)
Disease

थोक्रे झार

थोक्रे झार गोलभेंडाको एक परजीवी झार हो । यसको प्रकोप धनुषा, सर्लाही र कपिलबस्तु जिल्लाका बारी जग्गामा लगाएका हिउँदे गोलभेंडामा यसको प्रकोप भएको पाइएको छ । थोक्रे झारको बीउ उम्रिदा ट्यूब जस्तो अंगले टुप्पामा भएको तीखो भागबाट गोलभेंडाको जरामा प्रवेश गर्दछ (चित्र ३७) । जरामा प्रवेश गरेपछि यसले पोषणतत्वहरु सोसेर लिन्छ फलस्वरुप गोलभेंडाको बोटमा कुपोषण हुन जान्छ । बीउ उम्रेको केही दिनपछि माटोबाट बिरुवा निक्लिन्छ र पूmल फुल्न र बीउ उत्पादन शुरु हुन थाल्दछ । एउटा बिरुवाले १००००० जति बीउ उत्पादन गर्दछ ।

ब्यवस्थापन

सफा बीउ मात्र प्रयोग गर्ने । यस झारले प्रभावित क्षेत्रबाट उत्पादित बीउ प्रयोग नगर्ने । यस झारको प्रयोग कम्पोष्ट बनाउन वा सोत्तरको लागि प्रयोग नगर्ने किनकि यसको बीउ कम्पोष्टमा जीवित रही रहन्छ । बाख्रा र गाई भैसीलाई पनि खुवाउनु हुँदैन किनकि यिनको पाचन प्रणालीमा समेत बीउ बाँचि नै रहन्छ र यिनको मलबाट अर्को सिजनको लागि बीउको स्रोतको रुपमा रही रहन्छ । संभव भएसम्म धानसंगको बाली चक्र अपनाउने । पूmल फुल्नुभन्दा अगाडि झारलाई उखेल्ने र गाढ्ने वा जलाउने । पूmल फुल्नुभन्दा अगाडि झारमा पेण्ट लगाउने ब्रुसले डिजल वा पेट्रोल लगाउने । डिजल वा पेट्रोलले झारलाई मार्दछ र अर्को सिजनको लागि बीउ बन्न पाउँदैन् (चित्र ३७) ।

क्युकम्वर मोज्याक भाइरस

लागेका गोलभेंडाका बोटहरु झाँगिएका र होचा हुन्छन् । पातहरु पातलो र लामो भई जुत्ताको फित्ता जस्तै भएर जानु यो रोगको प्रमुख लक्षण हो । धेरै रोगग्रस्त बोटहरुमा थोरै फल लाग्दछ र फलहरु ढिलो पाक्दछ ।

ब्यवस्थापन

कुनै पनि भाइरस लागीसकेपछि त्यसको नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ र भाइरस लाग्न अगाडी नै व्यवस्थापनका उपायहरु अपनाउनु पर्ने हुन्छ । रोगी विरुवा देखिनासाथ उखेलेर जलाउने र यस्ता रोगी विरुवालाई कम्पोष्ट बनाउँदा प्रयोग नगर्ने । खेतवारीको सरसफाई र झार नियन्त्रण गर्ने । लाही किरा नियन्त्रण गर्न किटनाशक विषादी छर्ने ।

गोलभेंडाको टाटेपाटे रोग

यो भाइरस लागेमा शुरुमा नयाँ पातहरुका बीचका नशाहरु हल्का हरिया हुन्छन् । पातहरु घुंम्रिन्छन् र पहेंलिन्छन् एवं फर्न ९ँभचल० जस्तो देखिन्छ । फल कम लाग्छ र फल पाक्ने कार्य अनियमित हुन्छ ।

ब्यवस्थापन

कुनै पनि भाइरस लागीसकेपछि त्यसको नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ र भाइरस लाग्न अगाडी नै व्यवस्थापनका उपायहरु अपनाउनु पर्ने हुन्छ । रोगी बिरुवा देखिनासाथ उखेलेर जलाउने र यस्ता रोगी बिरुवालाई कम्पोष्ट बनाउँदा प्रयोग नगर्ने । त्यदबअअय mयकबष्अ खष्चगक सुर्तीजन्य पदार्थमा बर्षौसम्म बाँच्न सक्ने भएकोले खेतवारीमा चुरोट, सुर्ती सेवन नगर्ने । रोगी बिरुवा भएको खेतबारीमा काम गरिसकेपछि राम्ररी हात धुनु पर्दछ र रोग फैलिनबाट जोगिन यन्त्र र औजारहरुलाई निर्मलीकरण गर्नु पर्दछ । जीवनाशक ब्लिचिङ्ग पाउडर र पानीको १ः९को अनुपातमा तयार पारेको झोलमा यन्त्र र औजारहरुलाई १ मिनटसम्म भिजाइ राखेमा प्रभावकारी हुन्छ । फल कुहाउने झिंगा र लाही कीराहरु नियन्त्रण गर्न कीटनाशक बिषादि छर्ने । धानसंग घुम्ती वाली लगाउने । रोगमुक्त प्रमाणित बीउ लगाउने वा बीउ उपचार गरेर मात्र लगाउने । बीउ उपचार गर्ने एक तरिका भने बीउलाई ट्राइसोडियम फसफेट ९ल्बघएइद्ध० को १०% झोलमा कम्तीमा १५ मिनटसम्म भिजाइ राख्ने । अर्को तरिका बीउलाई २५ घण्टासम्म ७०० से. को तापक्रममा सुकाउने । जुन खेतबारीमा रोगग्रस्त गोलभेंडाको जराको अवशेष रहेको हुन्छ त्यस्तो खेतबारीमा गोलभेंडा नलगाउने किनकि जरामा भाइरस लामो समयसम्म रहिरहन्छ ।

पात गुजुमुजु पर्ने रोग

गोलभेंडाको जात र संक्रमणको अवस्थानुसार लक्षण फरक पर्दछ । बिरुवाको पूर्ण बृद्धि बिकास नहुने, पातहरु साना बाक्लो तथा टुप्पातिर बटारिएको हुन्छ । यो रोग सेतो झिंगा ९द्यझष्अष्ब तबदबअष्०ले एकबोटदेखि अर्को बोटमा सार्दछन् र भाइरस सरेको २–३ हप्तापछि बिरुवामा रोगको लक्षण देखा पर्दछ ।

ब्यवस्थापन

रोगी बिरुवा देखिनासाथ उखेलेर जलाउने र यस्ता रोगी बिरुवालाई कम्पोष्ट बनाउँदा प्रयोग नगर्ने । रोगी बिरुवा भएको खेतबारीमा कामगरि सकेपछि राम्ररी हात धुनु पर्दछ र रोग फैलिनबाट जोगिन यन्त्र र औजारहरुलाई निर्मलीकरण गर्नु पर्दछ । जीवनाशक ब्लिचींग पाउडर र पानीको १ः९को अनुपातमा तयार पारेको झोलमा यन्त्र र औजारहरुलाई १ मिनटसम्म भिजाई राखेमा प्रभावकारी हुन्छ । फल कुहाउने झिंगा र लाही कीराहरु नियन्त्रण गर्न कीटनाशक बिषादि छर्ने । धानसंग घुम्ती वाली लगाउने । रोगमुक्त प्रमाणित बीउ लगाउने वा बीउ उपचार गरेर मात्र लगाउने । बीउ उपचार गर्ने एक तरिका भने बीउलाई ट्राइसोडियम फसफेट ९ल्बघएइद्ध० को १०% झोलमा कम्तीमा १५ मिनटसम्म भिजाइ राख्ने । अर्को तरिका बीउलाई २५ घण्टासम्म ७०० से. को तापक्रममा सुकाउने ।

खटिरे रोग

यस ब्याक्टेरियाबाट संबmमण भएका कलिला बिरुवाहरु अचानक पूर्णरुपमा ओइलाउँदछ । बयस्क बोटका पातहरु किनारातिर खैरो हुन थाल्दछन् र टुप्पाबाट मर्न शुरु गरि पातको बीचको नशातिर बढन् थाल्दछ । कहिलेकाहीं डाँठमा लामा, खैरा, गिर्खाहरु देखिन्छन् । फलमा सेता, हल्का उठेका दागहरु स्पष्ट देखा पर्दछन् जो उठेको बीचमा कालो र चारैतिर १.५–३.० मि.मि.ब्यासमा सेतो आभा (आँखा) देखिन्छ । दागहरु बढदै जाँदा यि आभा (आँखा)हरु खैरा हुन्छन् ।

ब्यवस्थापन

स्वस्थ बिरुवा लगाउने बीउ निकाल्दा गोलभेंडाको गुदीलाई ७२ घण्टा किण्वण गरेर निकाल्दा यो रोग नियन्त्रण गर्नमा प्रभावकारी हुन्छ । ब्याक्टेरियल क्याँंकरबाट ग्रसित खेतबारीमा प्रयोग गरिएका काठका टेकाहरु निर्मलीकरण नगरिकन पुनः प्रयोग नगर्ने ।

पातको थोप्ले रोग

यो रोग नामक ढुँसीबाट लाग्दछ । तल्लो पातमा शुरुमा साना पानीले भिजेका जस्ता थोप्लाहरु देखापर्दछन् । पछि ति ३.२ मि.मि. ब्यासका गोलाकार थोप्लाहरु बन्दछन् । क्रमिकरुपले खैरो–सेतो केन्द्र र गाढा हरियो किनारा भएकोमा परिणत हुन्छन् (चित्र २८) । हल्का रंगको केन्द्र भएको थोप्ला नै यस रोग चिनाउने मुख्य लक्षण हो । बढी रोगग्रस्त पातहरु पहेंलिएर, ओइलाएर झर्दछन् । यस रोगका स्पोरहरु बर्षात्को पानीले नयाँ पातहरुमा सर्दछ । यस रोगको संक्रमण बिरुवाको कुनै पनि अवस्थामा हुन सक्छ तर बिशेष गरी फल लाग्ने बेलामा आक्रमण गर्दछ । रोगग्रस्त गोलभेंडाको अवशेषमा यो हिउँदमा बाँचि रहन्छ ।

ब्यवस्थापन

स्वस्थ बिरुवा लगाउने, बाक्लो गरेर बिरुवा नलगाउने, बिरुवालाई नभिजाउने र सफा खेती गर्ने । सिंचाई बिहानपख बोटको फेंदमा गर्ने, साँझ नगर्ने । रोगग्रस्त बालीका अवशेषहरु संकलन गरेर नष्ट गर्ने । घुम्ती वाली लगाउने । तीन बर्षसम्म गोलभेंडा, भाण्टा, खुर्सानी नलगाउने । सिचाई गर्दा बिरुवा नभिजाई जरामा केन्द्रित गर्ने । पानी परेको बेला खेतवारीमा काम गर्नु हुँदैन । शुरुको अवस्थामा कपरअक्सिक्लोराइड ५० डब्लु.पि.(ब्लाइटक्स) वा क्लोरोथालोनील ७५ डब्लु.पि.(डिफन्स, कवच, प्रोटेक्टर) १.५ ग्राम प्रति लिटर पानीको दरले ७–१० दिको फरकमा बोटलाई राम्ररी भिजाई स्प्रे गर्ने । कुनै पनि बिषादी प्रयोग गरिसकेपछि त्यसमा उल्लेख गरिएको पर्खने मितिसम्म फल खानमा प्रयोग गर्नु हँुदैन ।

ब्याक्टेरियल ओइलाउने रोग

यो रोग नामक माटोजन्य ब्याक्टेरियाबाट लाग्दछ जो पहिले को नामबाट जानिन्थ्यो । यसको लक्षण गोलभेंडाको अन्य ओइलाउने रोगहरु भन्दा फरक हुन्छ । जब यो रोगले आक्रमण गर्दछ, पातहरु पहेंला हुदैनन् र दागहरु पनि देखिदैनन् । अलिकति मात्र संकेत दिएर बिरुवा चाँडै ओइलाउँदछ र मर्दछ । रोगग्रस्त बिरुवामा यो ब्याक्टेरियाले काण्डको पानी तथा पोषणतत्वहरु ओसार पसार गर्ने तन्तुमा ब्लक गरी दिन्छ र पानी तथा पोषणतत्वहरु पातहरु र हाँगाहरुमा पुग्न पाउँदैन फलस्वरुप बिरुवा अचानक ओइलाउँदछ र मर्दछ । काण्डको भित्रि भाग (स्प्लीट गरेमा) कालो र भिजेको हुन्छ । पछिल्लो अवस्थामा गएर काण्ड खोक्रो पनि हुन सक्दछ । रोग जाँच्नको लागि बिरुवाको डाँठ काटेर हेरेमा काटेको डाँठ भित्रबाट सेतो झोल पदार्थ जस्तो निस्कन्छ । राम्रो परिणामको लागि जमिनको सतह नजिकको डाँठ लिनु पर्दछ । यो ब्याक्टेरिया २४० से. भन्दा माथिको तापक्रम र माटोको पिएच बढी भएको बेलामा बढी सकृय हुन्छ ।

ब्यवस्थापन

धानसंग घुम्ती बाली लगाउने । खेतबारीमा बेर्ना सार्नु २–३ हप्ता अगाडी पानी जमाउने । रोगग्रस्त खेतबारीबाट पानीको बहाव हुन नदिने । बेर्ना सार्दा वा खेतबारीमा काम गर्दा बिरुवामा चोटपटक नलगाउने । जरामा गाँठो बनाउने निमाटोडलाई नियन्त्रण गर्ने किनकि यसले बिरुवालाई कमजोर बनाउँदछ र बिरुवामा ब्याक्टेरियाको पहुँचलाई सहज बनाउँदछ । खडाबालीमा पटक पटक सिंचाइ कम गर्ने । आलु, भाण्टा र भेडें खुर्सानी जस्ता बालीहरु उही खेतबारीमा नलगाउने । यो रोग सहन सक्ने जात सृजना, एन.१६२, सी.एल.एन.२०२६ सी, सी.एल.एन.२०२६ डी लगाउने । रोग सहन सक्ने भाण्टा र गोलभेंडाका रुटस्टकका जातहरुमा कलमी गरेका गोलभेंडाका जातहरु लगाउने । रोग सहन सक्ने भाण्टा र गोलभेंडाका रुटस्टकका जातहरुको स्रोत ए.भि.आर.डि.सिः गोलभेंडा – भि आइ ०४३६१४ र भाण्टा– भि आइ ०४५२७६, भि आइ ०४६१०३, भि आइ ०३४८४५, भि आइ ०४६१०४, भि आइ ०४६१०१ शुरुको अवस्थामा कपरअक्सिक्लोराइड ५० डब्लु.पि.(ब्लाइटक्स) १.५ ग्राम प्रति लिटर पानीको दरले तयार पारिएको झोल जराको चारैतिर राखेमा रोग नबढ्न दिनमा मद्दत गर्दछ । कुनै पनि बिषादी प्रयोग गरिसकेपछि त्यसमा उल्लेख गरिएको पर्खने मितिसम्म फल खानमा प्रयोग गर्नु हँुदैन ।

भर्टिसिलियम विल्ट

माटोजन्य ढुँसी ले गोलभेंडा, आलु, भाण्टा, भूँइऐसेलु, कालो ऐसेलु, बकुल्ला, रामतोरीया र भेंडेखुर्सानी लगायत २०० भन्दा बढी बालीका जातिहरुलाई संक्रमण गर्न सक्दछ । यो जीवाणु माटोको तापक्रम र माटोको चिस्यानसंग संवेदनशील हुन्छ । यसको संक्रमण हुन कम्तीमा पनि एकदिनभर माटोले पानी पूर्णरुपले शोषेको हुनु पर्दछ । संक्रमण हुन माटोको तापक्रम मध्यम वा ठण्डा हुनु पर्दछः १३०से. न्यूनतम र ३००से. अधिकतम, २४० से. उपयुक्त तापक्रम । जब ढुँसीेका माइसेलियमले बिरुवाको जरामा आक्रमण गर्दछ यस रोेगको संक्रमण शुरु हुन्छ र छिटै जाइलमसम्म बढ्दछ जसलेगर्दा नियमित रुपमा जराबाट माथितिर पातहरुमा पानी तथा पोषणतत्वहरु हुने बहावलाइ रोकिदिन्छ । यो ढुँसीले बिषाक्त पदार्थ पनि निकाल्दछ जसलेगर्दा पातमा दागहरु देखिन्छन् र बिरुवा ओइलाउँदछ । जमिनको सतहको ठीक माथि काण्डमा ठाडो गरी काटेमा बोक्राको तल ओसार पसार गर्ने तन्तुमा खेरो दाग देखिन्छ । फ्यूजारियम विल्टको दाँजोमा यसमा रंगको फिकापन जमिनको सतहको माथि मुस्किलले २०–३० से.मि. पुग्दछ, यद्यपि बिषाक्त पदार्थ भने त्यो भन्दा अझमाथिसम्म पुग्दछ । भर्टिसिलियम विल्ट नाम रहेता पनि मुश्किलले पूर्णरुपमा बिरुवा ओइलाउँदछ कम्तीमा पनि सिजनको अन्त नपुगुन्जेल त देखिदैन । यसको सट्टा पानी तथा पोषणतत्वहरुको राम्रो अवस्थामा तल्ला पातहरुमा पहेंलो धब्बाहरु पहिलो लक्षणको रुपमा देखा पर्दछ, त्यसपछि खैरा नशाहरु देखिन्छन् र अन्तमा चकलेटी खैरो मृत दाग देखा पर्दछ जुन अगौटे डढुवा रोग जस्तो भान हुन्छ तर यसमा घुम्दै गरेको चक्काहरु भने देखिदैंनन् । फ्यूजारियम विल्टको जस्तो यसमा पातको, हाँगाको वा बिरुवाको एकापट्टि मात्र रोग बढ्दैन् । रोगग्रस्त बिरुवा बढ्दै बाँचि रहन सक्दछ तर बिरुवा ख्याउटे र उत्पादन कम हुन्छ । फ्यूजारियम विल्टको जस्तै यसले पनि काण्डको पानी तथा पोषणतत्वहरु ओसार पसार गर्ने तन्तुमा आन्तरिक खैरो हुने गर्दछ (चित्र २६) । जमिनको सतहमाथीको भास्कुलर तन्तुमा धर्साहरु हेरेर यो रोग पत्ता लगाउन सकिन्छ । जब ठाडो गरी काटिन्छ भास्कुलर तन्तुहरु हल्का खैरो भएको देखिन्छ । पातहरु ओइलाउन, मर्न वा झर्न सक्दछन्, रोग काण्डको माथितिर बढ्दै जान्छ र बिरुवा ख्याउटे हुन्छ, माथिका पातहरु मात्र हरिया हुन्छन् । फलहरु साना र फलको कुमतिर पहेंलो हुन्छ, पातविहीनको कारण सनस्काल्ड पनि देखिन सक्छ ।

ब्यवस्थापन

यो रोग लागेपछि नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । अन्नबालीसंग ३–४ बर्षसम्म घुम्ती बाली लगाउने । तीन बर्षसम्म गोलभेंडा, आलु र भाण्टा नलगाएको ठाउँमा गोलभेंडा लगाउने र सफा सुघ्घर राख्ने । रोग सहन सक्ने जातहरु लगाउने । ढँुसीनाशक बिषादि कार्बेन्डाजिम ५० डब्लु.पि.(बेभिस्टिन, डेरोसल, धनुष्टीन) २ं.५ग्राम प्रति लिटर पानीमा मिसाएर रोगग्रस्त बिरुवामा ड्रेन्च गर्ने । कुनै पनि बिषादी प्रयोग गरिसकेपछि त्यसमा उल्लेख गरिएको पर्खने मितिसम्म फल खानमा प्रयोग गर्नु हँुदैन ।

फोमोप्सीस डढुवा

यो रोग लगाउने ढुँसी एजयmयउकष्क खभहबलक प्रायः बीउबाट सर्दछ । बेर्ना अवस्थामा यो रोगको लक्षण बेर्ना कुहिने रोगमा जस्तै डाँठ कुहिन्छ । पातमा ०.४ ईन्च भन्दा साना बीचमा फिकापन भएको कैलोदेखि खैरा थोप्ला देखिन्छन् । प्रायःपातको धेरै भागमा फैलिएका थुप्रै थोप्लाहरु हुन्छन् । रोगले बढीग्रस्त पातहरु च्यातिन्छन्, पहेंलिन्छन् र ओइलाउछन् । पुराना पातमा, डाँठमा र फलको दागमा मसिना काला काला पिनको टाउको जस्तो थोप्ला देखा पर्दछन् जसलाई पिनिडिया भनिन्छ । डाँठ र हाँगाहरुमा सुख्खा, खैरा, फाटेको र दबेको गिर्खाहरु देखिन्छन् । यि गिर्खाहरुले डाँठलाई घेर्दछन् र मार्दछ । फलको दागहरु दबेको, फिका, नजिकको किनारामा कालो थोप्ला भएको हुन्छ । यदि सुख्खा भएमा रोगग्रस्त फल चाउरिन्छ, सुख्दछ र कालो हुन्छ ।

ब्यवस्थापन

स्वस्थ बीउ प्रयोग गर्ने । गोलभेंडा समूहका बाली बाहेकका बालीहरुसंग बाली चक्र अपनाउने । ढँुसीनाशक बिषादि कार्बेन्डाजिम ५० डब्लु.पि.(बेभिस्टिन, डेरोसल, धनुष्टीन) २ ग्राम प्रति किलोग्रामका दरले बीउ उपचार गर्ने । रोगको प्रकोप देखिएमा ऋयउउभच इहथअजयिचष्मभ छण्ध्ए ९द्यष्तियह, ऋगचभह० २ देखि ३ ग्राम प्रति लिटर पानीको दरले ७—८ दिनको फरकमा छर्ने । कुनै पनि बिषादी प्रयोग गरिसकेपछि त्यसमा उल्लेख गरिएको मितिसम्म फल खानमा प्रयोग गर्नु हँुदैन ।

अगौटे डढुवा

यो रोग ब्तिभचलबचष्ब कयबिलष् नामक ढुसीबाट लाग्दछ । तल्ला पातमा ६–१० मि.मि.का गाढा काला किनारा भएको खैरादेखि काला थोप्लाहरु देखा पर्दछन् । पछि थोप्लाहरु बढ्दै जाँदा थोप्लाहरु एक आपसमा मिलेर अनियमित धब्बा बनाउँदछ । पातका थोप्लाहरुमा गाढा चक्र देखिन्छ । पातहरु पहेंलिइ सुख्दछन् । पातहरु पुरा छिप्पिन नपाउँदै नोक्सानी हुनु यस रोगको स्पष्ट लक्षण हो । यस रोगले कहिलेकाँही फलकोे डाँठ लाग्ने भागतिर आक्रमण गर्दछ, फलस्वरुप ठूलो, दबेको, कालो, चक्र भएको दाग देखिन्छ । न्यानो तथा ओसिलो मौसममा यो रोग छिटै फैलिन्छ । ब्। कयबिलष् ले बढदै गरेको बिरुवाको कुनै पनि अवस्थामा आक्रमण गर्न सक्दछ तर फल लागेपछि यो रोग छिटै बिकास हुन्छ ।

ब्यवस्थापन

घुम्ति बाली लगाउने । तीन बर्षसम्म गोलभेंडा, आलु र भाण्टा नलाएको ठाउँमा गोलभेंडा लगाउने । बालीका अवशेषहरु हटाई नष्ट गर्ने । कुनै पनि बिषादी प्रयोग गरिसकेपछि त्यसमा उल्लेख गरिएको मितिसम्म फल खानमा प्रयोग गर्नु हँुदैन ।

पछौटे डढुवा

हिउँदमा तराई तथा नदी बेसिन क्षेत्रमा र पहाडी क्षेत्रमा बर्षात्को समयमा लामो समय कुहिरो लागेमा पछौटे डढुवा रोग बढी लाग्दछ । नयाँ तथा पुराना पातहरुमा पानीले भिजेको अनियमित दागहरु देखा पर्दछन् । रोग बढदै जाँदा पातहरु चाउरिन्छन् र सुकेर डढेर मर्दछ । यो रोग डाँठ र फलमा समेत देखिन्छ । पातको पछाडी दागनिर हेर्दा सेतो ढुँसी देखिन्छ । काँचो तथा पाकेको दुबै फलमा ठूला तथा अनियमित धब्बाहरु विकसित हुन्छन् (चित्र २२) । रोगले ग्रस्त फल चाँडै नै दुर्गन्ध आउने गरी बिग्रिन्छ । यो रोग आलुमा पनि प्रायः लाग्दछ । यो रोग लगाउने ढुँसी एजथतयउतजयचब ष्लाभकतबलक गोलभेंडाबाट आलुमा र आलुबाट गोलभेंडामा सर्न सक्दछ ।

ब्यवस्थापन

बिरुवाका सबै अवशेषहरु जम्मा गर्ने र जलाउने । रोगका लक्षण र रोग बृद्धि बिकास हुने अवस्था देखिएमा ँभलबmष्मयलभज्ञण्५ं ःबलअयशभदछण्५ध्ए ९क्भअतष्लटण्ध्न्० वा ऋजयिचयतजबयिलष् िद्द(घ नm उभच ष्तिचभ धबतभच वा म्ष्mभतजबmयचउज छण्५ ध्ए ज्ञ।छ ग्राम प्रति लिटर पानीमा वा यच ःभतबबिहथ िड५ंःबलअयशभद टद्ध५ध्ए ९च्ष्मयmथ,ि प्ष्लनmष्ःिश्, प्चष्लयहथ िन्यमि० २ ग्राम÷लिटर पानीमा मिसाई २–३ पटक ७–१० दिनको फरकमा बोट राम्रोसंग भिज्ने गरी छर्ने । कुनै पनि बिषादी प्रयोग गरिसकेपछि त्यसमा उल्लेख गरिएको पर्खने मितिसम्म फल खानमा प्रयोग गर्नु हँुदैन ।

बेर्ना कुहिने रोग

नर्सरीमा प्रायः बेर्ना कुहिने रोग लाग्दछ । चित्र २१ मा देखाए जस्तै वेर्नाहरुको फेंद र जरा कुहिन्छ, जसको फलस्वरुप बेर्नाहरु ढल्दछन् र नष्ट हुन्छन् । यो रोग बिशेष गरेर माटोमा रहेका सुक्ष्म जीवाणु ढुँसीबाट हुने गर्दछ । बीउवाट पनि यो रोग संक्रमण हुने गर्दछ ।

ब्यवस्थापन

नर्सरी ब्याड बनाउँदा पहिला गोलभेंडा, आलु र भाण्टा नलगाएको नयाँ ठाउँमा गर्ने । प्रत्येक बर्ष अलग अलग ठाउँमा नर्सरी बनाउने । बढी बाक्लो हुने गरी बीउ नलगाउने र नर्सरी ब्याडमा बढी पानी हुन नदिने । बेर्नालाई कार्वेन्डाजिम ५० डव्लु.पी. (बेभिस्टीन) २ ग्राम प्रति लिटर पानीको दरले बनाएको झोलमा १०–१५ मिनटसम्म डुबाएर बेर्ना सार्ने । नर्सरी ब्याडमा वा खेतबारीमा रोग देखा परेमा ट्राइकोडर्मा ५ ग्राम वा कार्वेन्डाजिम ५० डव्लु.पी. (बेभिस्टीन) १ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने । नर्सरी ब्यवस्थापनमा उल्लेख गरे अनुसार बीउ, नर्सरी ब्याड र बेर्नालाई उपचार गर्ने ।