Search

Wheat

Best Management Practice (BMP)
Best Management Practice

जग्गाको तयारी

बालीका लागि चाहिने खाद्यतत्व आपूर्तिका लागि प्रांगारिक मल (कम्पोष्ट, गोठेमल) २०० के.जी. प्रति कठ्ठाका दरले गहुँ लगाउनु भन्दा १५ दिन अगावै माटोमा एकनास सँग मिलाउनु पर्छ । सके सम्म खेतबारीमा मल घोप्ट्याएर (पहिलेदेखि गरी आएको चलन भन्दै) त्यत्तिकै छोड्नु हुँदैन । मललाई माटोमा तत्काल मिलाइहाल्नुपर्छ । यसो गरेमा घामले तथा हावाले खाद्यतत्व उडाइदिने वा पानीले बगाउने सम्भावना कम हुन्छ ।

जग्गाको तयारी

बाली लगाउनका लागि माटोमा चाहिने मात्रामा चिस्यान सुनिश्चित गर्नुपर्छ । जोतेको खेत राम्रोसँग सम्याउनुपर्छ जसले गर्दा चिस्यान रहिरहन्छ, बीउ राम्रोसँग उम्रिन्छ र हुर्कन्छ, झारपात पनि कम हुन्छ र सिंचाई गर्न पनि सजिलो हुन्छ । डलेठो वा अन्य यस्तै उपकरण प्रयोग गरी वा कोदालोले सबै डल्ला फुटाउनुपर्छ र माटो मसिनो बनाउनुपर्छ

बाली लगाउँदा हालिने मल

धेरैजसो माटोमा खाद्यतत्वको कमी रहेको हुन्छ जसले गर्दा बालीबिरुवा राम्रोसँग नबढ्ने र उत्पादन पनि कम हुने हुन्छ । विभिन्न प्रकारका मलहरूले गहुँबालीलाई चाहिने विभिन्न खाद्यतत्व आपूर्ति गर्छन्र बालीको उत्पादन बढाउन सघाउँछन्। मल कति चाहिन्छ भन्ने कुरा बालीको जात, माटोमा रहेको मलिलोपनको अवस्था, ठाउँ र त्यहाँको पर्यावरणीय अवस्था, पहिले लगाएको बाली, र उत्पादन लिन चाहेको परिमाणले पनि निर्धारण गर्दछ । सामान्यतया, हामीले के बुझ्नुपर्छ भने एउटा बाली लिँदा जति खाद्यतत्व खर्च भएको हुन्छ, अर्को बालीका लागि माटोमा ती सबै तत्व पुनः आपूर्ति गर्नुपर्छ । गहुँ बाली लगाउदा एक कठ्ठाको लागि डिएपि ३.६२ के.जी र पोटास मल २.७८ के.जी. ( १००ः५०ः५० केजी/हेक्टर) हाल्नुपर्छ । बोरोनको मात्रा कम भएको माटोमा (विशेष गरि पुर्वी तराई) जमिनको अन्ति तयारीको बेलामा ५०० ग्राम बोरेक्स प्रति कठ्ठाका दरले प्रयोग गर्नु पर्दछ । राम्रो बाली उत्पादनका लागि मलको प्रयोग सन्तुलित, चुस्त र प्रभावकारी हुनुपर्छ ।

बाली लगाउँदा हालिने मल

टप ड्रेस गर्न‘ पहिले गोडमेल र सिंचाई गर्न‘पर्छ | एक कठ्ठाको लागि ५.८३ के.जी. युरियालाई दुई भाग लगाई दुई पटक हाल्न‘पर्छ |पहिलो टप ड्रेसिङ गाँज हाल्न तयार भएको जरा आउने अवसथामा (रोपेको २१/२५ दिनमा) हाल्न‘पर्छ भने दोस्रो टप ड्रेसिङ बालाको गुभो लाग्ने अवसथामा (रोपेको ४५-५0) दिनमा) हाल्न‘पर्छ . प्रत्येक टप ड्रेसिङ गर्दा २.९२ के.जी. य‘रियालाई हातले वा प्रेडरको सहायताले एकनाशले गर्न‘पर्छ यद्यपी मलको मात्रा थान, जात र माटोको उर्वरापनमा भर पर्छ|

बाली थन्क्याउने तथा भण्डारण गर्ने कार्य

समयमै बाली थन्क्याउन सकियो भने गहुँको दाना खेर जान पाउँदैन र गुणस्तर पनि कायम रहन्छ । तर धेरै छिटो बाली काटियो भने गुणस्तरमा ह्रास आउँछ भने धेरै ढिलो बाली काट्नाले दाना खसेर खेर जान्छ । गहुँको दाना डाँठमा आएको परिवर्तन जस्तै बासना, रंग, आकार र चिस्यानको मात्रा लाई हेरेर बाली काट्ने समयम वा अवस्था निर्धारण गर्नुपर्छ । सिंचति जग्गामा लगाइएको भन्दा आकाशे पानीको भरमा लगाइएको गहुँ छिटो पाक्छ । सामान्यतया तलका दुई सुचकहरुलाई विचार गरेर गहुँबाली काट्न सकिन्छ । चिस्यानको मात्रा दानामा चिस्यानको मात्रा १४ देखि २० प्रतिशत हुनुपर्छ । दानाको अवस्था दाना कडा हुन्छ र डाँठ सुख्खा हुन्छ । साथै बालको ठिक तलको डाँठ खैरो भइसकेको हुन्छ ।

बाली थन्क्याउने तथा भण्डारण गर्ने कार्य

बाली काट्ने समय र तरिकालाई ध्यान दिनुपर्छ । गहुँ चैत्र महिनामा काट्नुपर्छ । गहुँलाई साधारणतया हँसियाको सहायताले जमिन देखि ३/६ से.मी. माथि काटि साना(साना मुठा बनाई १/२ दिन खेतबारीमै सुकाउनुपर्छ । गहुँ काट्ने मेशिन र कम्बाइनर पनि प्रयोगमा आउन थालेका छन् ।एन.एस.ए.एफ. परियोजनाले विभिन्न जिल्लामा गरेका गहुँ खेतीका स्थलगत परीक्षण तथा प्रदर्शनहरूका आधारमा सिफारिश मल र किसानले गरेका व्यवस्थापनबाट राष्ट्रिय औसत उत्पादनभन्दा ६७ प्रतिशत बढि र सिफारिश मल र द्धच्क को प्रयोग गर्दा राष्ट्रिय औसत उत्पादनभन्दा ८३ प्रतिशत बढि उत्पादन दिएको पाइएको छ ।