Search

Tomato

Best Management Practice (BMP)
Best Management Practice

नर्सरी व्याडको तयारी

नर्सरी ब्याडको माटो मसिनो नभएसम्म खनजोत गर्नुपर्छ । ब्याड १ मि. चौडाई, १५ से.मि. उचाई र आवश्यकता अनुसार लम्बाई भएको बनाउनुपर्छ । १ रोपनी जग्गामा बेर्ना लगाउन ३ वर्ग मिटर (३ ह.) को नर्सरी ब्याड आवश्यक पर्दछ । वीउ राख्नु भन्दा १०–१५ दिन अघि राम्ररी पाकेको १५ के.जी. कम्पोस्ट मल माटोमा मिलाउनु पर्छ । ३ वर्ग मिटर नर्सरीको लागि वीउ राख्ने समयमा ३० ग्राम डिएपि र ३० ग्राम पोटास मल कोदालोको मद्दतले वा हातैले ब्याडको माथिल्लो ५ से.मि. माटोमा मिलाउनु पर्छ ।

नर्सरी व्याडमा वीउ राख्ने

पाँच—पाँच सेन्टिमिटरको फरकमा बनाइएका लाइनमा १-१ सेन्टिमिटरको फरकमा २ सेन्टिमिटर गहिरो हुने गरी बीउ रोपेर धुलो माटोले छोपिदिनु पर्छ । त्यसपछि नर्सरी व्याडलाई १–२ से.मि. बाक्लो हुने गरी सुख्खा खर, पराल वा पातले छोप्नुपर्छ र वीउ उम्रनका लागि पर्याप्त चिस्यान कायम गर्न एकनाशले पानी हाल्नुपर्छ । वीउ राखेको ४ं देखि ६ दिनमा जव प्रायः सवै जसो वीउ उम्रिन्छ, तब छोप्न प्रयोग गरिएका पराल तथा पातहरु हटाउनुपर्छ । माटोमा चिस्यानको अवस्था हेरि व्याडमा सिँचाई गर्नुपर्छ । यदि सिँचाइ पश्चात माटो कडा भयो भने जरालाई नोक्सान नपुर्याईकन कुटो वा अरु कुनै औजारलेगोडेर माटो खुकुलो बनाउनुपर्छ । १ रोपनिको लागि ७/१० ग्राम गोलभेंडाको वीउ आवश्यक पर्छ । गर्मी मौसममा नर्सरीलाई घाम र पानीबाट जोगाउन ९० देखि १२० से.मि अग्लो प्लास्टिक वा खरकोछहारी चाहिन्छ । हिउँदमा चांहि चिसोबाट बेर्नालाई जोगाउन र तापक्रम बढाउन प्लास्टिक टनेलको प्रयोग गर्नु पर्छ । आवश्यक भएमा नर्सरीबाट झातपात हटाउनु पर्छ । वीउ राखेको १५ दिनमा ३० ग्राम युरियाले टप– ड्रेस गर्नुपर्छ । बेर्ना २५ देखि ३० दिनमा (४ पाते अवस्था) सार्नको निम्ति तयार हुन्छ ।

नर्सरीको हेरचाह

बेर्नाको राम्रो बृद्धि विकास भए नभएको यकिन गर्न नर्सरीको नियमित हेरचाह गर्नुपर्छ ।

बेर्ना जरखर्याउने र उखेल्ने

∙नर्सरीलाई कुखुरा र जनावरबाट जोगाउन बार लगाउनु पर्छ ।

बेर्ना जरखर्याउने र उखेल्ने

बीउ उम्रिएको, रोग, कीरा र झारपातकोप्रकोप , पानीको अभाव वा बढी भएको अवस्था, बेर्नाको वृद्धि र खाद्यतत्वको कमी आदि जाँच गर्नु महत्वपूर्ण हुन्छ ।

बेर्ना जरखर्याउने र उखेल्ने

नर्सरीका बेर्ना सामान्यतया कलिलो हुन्छन्र बाहिरी बातावरणमा सार्दा आघात पुग्छ जसले गर्दा बेर्ना बढि ओइलाउने र मर्ने संभावना हुन्छ । बाहिरी बातावरणमा सार्दा पर्ने आघात कम गर्न बेर्नालाई नर्सरीमा जरखर्याएर दह्रो बनाउनुपर्छ । बेर्ना सार्नु भन्दा २–३ दिन अघि देखि नै बेर्नालाई जरखर्याउनु पर्छ । जरखर्याउने तरिकाः क) बेर्ना उखेल्नु २–३ दिन पहिले देखि नर्सरीमा सिँचाई रोक्ने ख) यदि प्लास्टिक टनेल (जाडोमा)े वा प्लाष्टिकको छाप्रो (गर्मी र वर्षा) प्रयोग गरिएको छ भने २–३ दिन पहिले नै हटाउने । यद्यपि, दुवै अवस्थामा बेर्ना उखेल्नु २–४ घन्टा अघि ब्याड पानीले हल्का भिजाउनु पर्छ । बेर्नालाई जरामा माटो हुनेगरी उखेल्नु पर्छर त्यसलाई सम्म परेको ट्रे वा बास्केटमा राखी नर्सरीदेखि सार्ने ठाँउमा लैजानु पर्छ । बेर्नालाई कडा घामबाट बचाउन र छिटो स्थापित हुन सार्ने काम सामान्यतया साँझ तिर वा बादल लागेको समयमा गर्नुपर्छ । बेर्ना उखेल्ने र सार्ने बीचको समय सकेसम्म छोटोहुनुपर्छ । ∙

बेर्ना जरखर्याउने र उखेल्ने

जव बेर्ना २५–३० दिनको वा ४ पाते हुन्छ , तव बेर्ना सार्नको लागि तयार हुन्छ । ठिक समयमा बेर्ना सार्नाले छिटो बढ्ने, बोट एकनासको हुने , झारपात र कीरा सँग लड्न सक्ने र बढी उत्पादन दिने कुरामा मद्दत पुर्याउँछ । बेर्ना देखि बेर्ना विचको दुरी, जात, मौसम, मलको मात्रा र थाँक्रा दिने तरिका आदिले निर्धारित गर्छ । उचित दूरिमा बेर्ना रोप्दा बढि उत्पादन हुन्छ । नजिक दूरिमा बेर्ना रोप्दा खाद्यतत्व र प्रकाशको लागि एक आपसमा प्रतिस्पर्धा हुने र फराकिलो दूरिमा बेर्ना रोप्दा खाद्यतत्व र प्रकाशको प्रभावकारी उपयोग नहुने हुन्छ ।

बेर्ना जरखर्याउने र उखेल्ने

अग्लो जात लाइन देखि लाइन ७५ से.मि. र लाइन भित्र बोट देखि बोट ६० से.मि. को दूरिमा रोप्नु पर्छ ।

बेर्ना जरखर्याउने र उखेल्ने

होचो जात लाइन देखि लाइन ६० से.मि. र लाइन भित्र बोट देखि बोट ४०/५० से.मि. को दूरिमा रोप्नु पर्छ ।

बेर्ना सार्ने

गोलभेंडाको अग्लो जातलाई १५० से.मि. चौडाइ र होचो जातलाई १२० से.मि. चौडाइको व्याडमा रोप्नु अन्य तरिका भन्दा उत्तम मानिन्छ । यसो गर्दा दुई व्याडको बीचमा ४० देखि ५० से.मी. दूरि कायम गर्नुपर्छ । १५० से.मि. चौडाइको व्याडमा दुवैतिर ३७.५ से.मीं छोडि ७५ से.मी.को दूरिमा दुई लाइन बनाउनुपर्छ । यसरी बनाईएको लाइनमा बोट देखि बोट ६० से.मि. हुनेगरि बेर्ना सार्नुपर्छ । त्यसैगरि, १२० से.मि. चौडाइको व्याडमा दुवैतिर ३० से.मीं छोडि ६० से.मी.को दूरिमा दुई लाइन बनाउनुपर्छ ।

पुन बेर्ना सार्ने काम

रोपिएका बेर्नाहरु विग्रिएमा वा मरेमा सो ठाँउमा पुन बेर्ना सार्नुपर्छ । यो काम बेर्ना सारेको ३(४ दिन भित्र गर्नुपर्छ ।

मल व्यवस्थापन

सिद्धान्ततः बालीले आफ्नो बाली अवधिभरि जति खाद्यतत्व उपभोग गरेको हुन्छ त्यति नै मात्रा रासायनिक मलबाट पुर्ति गर्नुपर्छ । एक रोपनी जग्गामा व्यवसायिक गोलभेंडा खेती गर्दा १६ के.जीं डिएपी र ८.३ के.जी. पोटास मल बाली लगाउने समयमा हाल्नुपर्छ र १५ के.जी. युरिया मललाई दुई भाग गरि ( पहिलो भाग बेर्ना सारेको २० दिन पछि र दोश्रो भाग फल लाग्ने अवस्थामा हाल्नुपर्छ । बाली उत्पादनबाट अत्यधिक फाइदा लिनको लागि रासायनिक मलको प्रयोग सन्तुलित र प्रभावकारी हुनुपर्छ ।

मल व्यवस्थापन

बेर्ना सार्ने बेलामा बेर्नाको वरिपर १२ से.मी. औंठी आकारको घेरा बनाइ वा सारेको बेर्नाबाट ६ से.मी.टाढा डोव बनाइ डिएपि र पोटास मलको पुरै मात्रा प्रयोग गरिन्छ । औंठी आकारको घेरा र डोव को गहिराइ ५ दखि ७ से.मी. हुनुपर्छ । टप ड्रेसको समयमा पनि युरियालाई सोहि अनुसार हाल्नुपर्छ ।

गोलभेंडामा थाँक्रा दिने

गोलभेंडाको बोटलाई माथि बढ्न र राम्ररी फल लाग्नको लागि थाँक्राकोआवश्यकता पर्दछ । थाक्रो दिनाले ठाँउ जोगिन्छ, वोटलाई जमिनबाट ठाडो उभ्याउछ, फलको गुणस्तर र उब्जनी बढाँउछ । गोलभेंडामा थाँक्रा विभिन्न तरिकाले दिन सकिन्छ । बाँसको न्यनतम प्रयोग गर्ने हो भने१७० से.मि लामो काठको वा बाँसको पोल ३ मि. को दुरीमा गाड्नुपर्छ । गोलभेंडाको फेदमा ग्ख् अवरोधक डोरीले बाँधि पोल माथि तानिएको फलामको तारमा बाँध्नुपर्छ । हाँगाहरुलाई डोरीमा बेर्दै बढाउँनुपर्छ र आवश्यक भएमा क्लिपको प्रयोग पनि गर्न सकिन्छ । बाँसको भाटालाई तेर्साे पारि पोलको फेदमा बाध्नुपर्छ र यसरि बाँधिएको भाटामा डोरीलाई आड हुने गरि बाँध्न सकिन्छ ।

गोलभेंडा टिप्ने

बजारको दुरी अनुसार गोलभेंडा टिप्ने अवस्था फरक(फरक हुन्छ । घरमा खानाको लागि फल हल्का रातो तथा पुरै पाकेको अवस्थामा टिप्नुपर्छ । नजिकको बजारको लागि गोलभेंडा पहेंलो(रातो रंगको हुँदा टिप्नुपर्छ । टाढाको बजारको लागि परिपक्क भएको हरियो(पहेंलो अवस्थामा टिप्नुपर्छ । भण्डारण र निर्यातको लागि फल परिपक्व हरियो भएको अवस्थामा टिप्नुपर्छ । गोलभेंडालाई भेट्नो सहित टिपेमा थप ४–५ दिन बढि सम्म राख्न सकिन्छ

सफाई र छुट्याउने

गोलभेंडा टिपिसके पछि कुहिएको, क्षति भएको, आकार विग्रिएको र रोग कीरा लागेको फललाई हटाउनुपर्छ । फलमा मिसिएको माटो, मल, झारपात आदि वस्तुलाई हटाई फललाई सफ गर्नुपर्छ ।

ग्रेडिङ्ग

गोलभेंडा टिपिसकेपछि जात, आकार प्रकार रंग र पाकेको अवस्था अनुसार अलग(अलग छुट्याउनुपर्छ । जात अनुसारको ग्रेडिङ्ग – गोलो, अण्डाकार, लाम्चो आकार अनुसारको ग्रेडिङ्ग – सामान्यतयाः ठूलो, मझौला र सानो पाकेको आधारमा ग्रेडिङ्ग – परिपक्क हरियो, पहेंलो, हलका गुलावी, गुलावी र रातो ग्रेडिबले भण्डारण तथा ढुवानी गर्न र उच्च मूल्य प्राप्त गर्न सहयोग गर्छ ।