Search

Onion

Best Management Practice (BMP)
Best Management Practice

ठाँउको छनोट

नर्सरीको लागि पारिलो, अग्लो र नजिकको ठाँउ हुनुपर्छ । नर्सरी बेड सिँचाई स्रोतको नजिक, दोमट माटो र राम्रो निकास व्यवस्था भएको ठाउँमा तयार गर्नुपर्छ । माटोबाट सर्ने रोगबाट जोगाउन कम्तिमा एक वर्ष अघि देखि प्याज परिवारमा पर्ने अन्य बाली जस्तै छ्यापी र लसुन लगाइएको हुनु हुँदैन । नर्सरी ब्याडको माटो मसिनो नभएसम्म खनजोत गर्नुपर्छ । १ मिटर चौडाइ, १०-१५ सेन्टिमिटर उठेको र आवश्यकता अनुसारको लम्बाइ भएको नर्सरी बेड तयार गर्नुपर्छ । एक रोपनी जग्गामा बेर्ना सार्नका लागि २५ वर्ग मिटर (२५ ह १) को नर्सरी बेड पर्याप्त हुन्छ। एक भन्दा बढि नर्सरी बेड बनाउनु परेमा दुई बेडका बीच ४०-५० सेन्टिमिटर ठाउँ छोड्नुपर्छ । यसरी ठाउँ छोड्नाले नर्सरीको हेरचाह जस्तै झारपात उखेल्न, रोग तथा कीरा नियन्त्रण गर्न सहज हुनुको साथै पानी बढि भएमा निकास गर्न पनि सकिन्छ ।

नर्सरी बेड तयारी

प्राङ्गारिक तथा रासायनिक मलले स्वस्थ बेर्ना उत्पादन गर्न मद्दत गर्छन्। प्राङ्गारिक मलले बेर्नालाई खाद्यतत्वहरू दिन्छ र बेर्नाको वृद्धि तथा तन्दुरुस्ती पनि बढाउँछ । बीउ रोप्नु भन्दा १०-१५ दिन अघि २५ वर्ग मिटरको नर्सरीमा राम्ररी कुहेको वा पाकेको १५ किलो कम्पोस्ट मल र बीउ रोप्ने दिन २५० ग्राम डी.ए.पी.र २५० ग्राम पोटास मल माटोमा राम्रोसँग मिलाउनुपर्छ ।

युरिया टपड्रेसिङ

प्रायः माटोले थोरै मात्रामा खाद्यतत्वहरू आपूर्ति गर्ने हुँदा बालीको वृद्धि सीमित हुनगई उत्पादन कम हुन जान्छ । रासायनिक मलले बालीलाई थप खाद्यतत्वहरू आपूर्ति गर्ने हुँदा बालीको वृद्धि तथा उत्पादनमा सुधार आउँछ । रासायनिक मल कति हाल्ने भन्ने कुरा बालीको जात, माटोको उर्वराशक्ति, बाली लगाउने मौसम र उत्पादन लक्ष्यले निर्धारण गर्दछ । सिद्धान्ततः बालीले उपयोग गर्ने खाद्यतत्वहरूको मात्रालाई रासायनिक मलद्वारा प्रतिस्थापन गर्नुपर्छ । प्रति हेक्टर २४०ः१८०ः८० ल्एप् दरले एक रोपनी जग्गामा प्याजखेती गर्न बेर्ना सार्नु अगाडि १९.६ किलो डी.ए.पी. र ६.७ किलो पोटास मल एकनासले माटोमा मिसासनुपर्छ । टपड्रेसको बेला १८.४ किलो युरियालाई दुई बराबर भागमा बाँडि दुई पटक हाल्नुपर्छ । खेतबारीबाट अधिक लाभ लिन रासायनिक मलको प्रयोग प्रभावकारी तथा सन्तुलित हुनुपर्छ

युरिया टपड्रेसिङ

टपड्रेस गर्नु अघि झापात उखेल्नु पर्छ र सिँचाई गरेको केही दिनमा टपड्रेस गर्नुपर्छ । युरिया टपड्रेसिबले अन्य खाद्यतत्वको राम्रो उपयोगलाई सहयोग गर्छ र बालीको समग्र वृद्धि तथा उत्पादनमा मद्दत पु¥याउँछ । प्याजमा दुई पटक युरिया टपड्रेस गर्नुपर्छ ● पहिलो टपड्रेस बेर्ना सारेको २५(३० दिनमा र दोस्रो टपड्रेस बेर्ना सारेको ६०(७० दिनमा गर्नुपर्छ । ● पहिलो र दोस्रो टप ड्रेसिबमा क्रमशः ९.२ किलो र ९.२ किलो युरिया प्रतिरोपनी हाल्नुपर्छ । ● टप ड्रेस गरिने युरियालाई हातले वा स्प्रेडर (मल छर्ने मेशिन) प्रयोग गरि एकनासले छर्नुपर्छ ।

ग्रेडिंग र भण्डारण गर्ने

प्याजको गुणस्तर कायम गर्न र भण्डारण अवधि बढाउन ग्रेडिब तथा उचित भण्डारणको आवश्यकता पर्दछ । त्यसका लागि पहिले रोग—कीरा लागेका, टुसाएका, टुक्रिएका र चोटपटक लागेका प्याजका गाना छुट्ट्याउनुपर्छ । गुणस्तरीय गानालाई तिनका आकार (साइज) अनुसार देहायका तीन ग्रेडमा विभाजन गर्न सकिन्छः ● ६ सेन्टिमिटर वा बढी व्यास भएका गाना ● ४-६ सेन्टिमिटर व्यास भएका गाना ● ४ सेन्टिमिटरभन्दा कम व्यास भएका गाना

ग्रेडिंग र भण्डारण गर्ने

विभिन्न आकारका गानालाई क्रेटमा प्याक गर्नुपर्छ वा रेक (चबअप) मा भण्डारण गर्न सकिन्छ वा प्लास्टिक जालीले बनेका बोरामा प्याक गरिन्छ । लामो समयसम्म भण्डारण गर्दा घाँटी सानो भएको, चोटपटक नलागेको, निरोगी तथा एकनासे प्याज (सा¥है साना तथा धेरै ठूला दानाबाहेक) छनोट गर्नुपर्छ । खनेपछि प्याजका गानालाई सफा, राम्ररी हावा लाग्ने र २४ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम भएको ठाउँमा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । शुरुमै शीत भण्डारमा राखेको प्याज चाँडै टुसाउने हुनाले राम्रोसँग छायामा सुकाएपछि मात्र शीत भण्डारण गर्नुपर्दछ । भण्डारण गरिएका गानाका बेला—बेलामा सुपरिवेक्षण गर्नुपर्छ र रोग सब्क्रमित तथा टुसाएका गानालाई छुट्ट्याई बाँकी गानालाई एक वा दुई पटक पल्टाउनुपर्छ ।