Search

Maize

Best Management Practice (BMP)
Best Management Practice

मकै रोप्ने जग्गाको तयारी

मकैको बीउ रोप्नु भन्दा कम्तीमा १५ दिनअघि एक रोपनी जग्गामा ३००–५०० किलो प्राङ्गारिक मल (कम्पोस्ट वा गोबर मल) हाली माटोमा एकसमानले मिसाउनुपर्छ । सकेसम्म खेतबारीमा मल घोप्ट्याएर (पहिलेदेखि गरी आएको चलन) त्यत्तिकै नछोडि मललाई माटोमा तत्काल मिलाइ हाल्नुपर्छ । यसो गरेमा घाम र हावाले खाद्यतत्व उडाइदिने वा पानीले बगाउने सम्भावना कम हुन्छ । बीउ रोप्नका लागि माटोमा चाहिने मात्रामा चिस्यान छ कि छैन भनी ख्याल गर्नुपर्छ । डलेठो वा अन्य यस्तै उपकरण प्रयोग गरी वा कोदालोले सबै डल्ला फुटाउनुपर्छ, र माटो मसिनो बनाउनुपर्छ|

मकै रोप्ने जग्गाको तयारी

जोतेको बारीलाई राम्रोसंग सम्याउनुपर्छ, जसले गर्दा चिस्यान कायम हुन्छ, बीउ राम्रोसंग उम्रिन्छन्र हुर्कन्छन्, झारपात पनि कम हुन्छ र सिंचाई गर्न पनि सजिलो हुन्छ । प्राङ्गारिक मल यथासम्भव प्रशस्त हाल्नुपर्छ । बलौटे माटोमा त अझ बढि हाल्नुपर्छ । मकै रोप्नुभन्दा ठीक अगाडि नकुहेका वा आंशिक रूपमा कुहेका प्राङ्गारिक सामग्री हाल्दा खाद्यतत्व हरूको उपलब्धतामा नकारात्मक असर पर्न सक्छ । समयमै जग्गा तयार गर्दा अन्तिम घडीमा जग्गा तयार गर्दा हुने तनावलाई घटाउँछ (श्रमिक र समयको अभाव हुँदा त झनै तनाव बढ्छ ।

बीउ रोपेको २५ दिनपछि (६ पाते अवस्थामा) पहिलो टपड्रेस (थप मल) गर्ने

मल राख्दा रोपेको बीउदेखि ५-६ सेमि टाढा, ५-७ सेमि गहिरोमा राख्नुपर्छ । चम्चा वा अन्य औजारको मद्दतले डीएपी र पोटास मलको मिश्रण ३.६ ग्राम (२.४ ग्राम डीएपी, १.२ ग्राम पोटास मल) हरेक प्वालमा हाली मललाई माटोले पुरिदिनुपर्छ ।बीउ रोपेको २५ दिनपछि (६ पाते अवस्थामा) पहिलो टपड्रेस (थप मल) गर्ने| मल राख्दा बोटदेखि ५-६ सेमि टाढा, ५-७ सेमि गहिरोमा राख्नुपर्छ । चम्चा वा अन्य औजारको मद्दतले २.४ ग्राम युरिया हरेक प्वालमा हाली मललाई माटोले पुरिदिनुपर्छ ।

बीउ रोपेको ४५–५५ दिनपछि (१० पाते अवस्थामा) दोस्रो टपड्रेस (थप मल) गर्ने

मल राख्दा बोटदेखि ५-६ सेमि टाढा, ५-७ सेमि गहिरोमा राख्नुपर्छ । चम्चा वा अन्य औजारको मद्दतले १.६ ग्राम युरिया हरेक प्वालमा हाली मललाई माटोले पुरिदिनुपर्छ ।

बाली थन्क्याउने

जोतेको बारीलाई राम्रोसंग सम्याउनुपर्छ, जसले गर्दा चिस्यान कायम हुन्छ, बीउ जब ९० प्रतिशत घोगा सुकेको देखिन्छ, तब मकै थन्क्याउन उचित हुन्छ । थन्क्याइन लागेको मकै दानामा २५ प्रतिशतभन्दा बढी चिस्यान हुनु हुँदैन । मकै पाक्यो कि पाकेन भन्ने कुरा थाहा पाउन मकैको दानाको खोयामा गाडीएको भाग ‘नाथ्री’ भाँचि हेर्नुपर्छ। यसरी हेर्दा नाथ्री भाँचिएको ठाँउमा कालो भाग देखिएमा मकै पाकेको र कालो भाग नदेखिएमा अझै केही दिन मकै बोटमा नै सुक्न दिनुपर्छ ।

बाली सुकाउने

बाली थन्क्याउन ठिक छ भन्ने लागेमा राम्रोसंग घाम लागेका दिनमा मात्र मकै भाँच्नुपर्छ|भाँचेका घोगा सफा र सुख्खा भुइँमा फिँजाउनु पर्छ । घोगाहरू यस्तो ठाउँमा केही दिन सुकाएपछि बल्ल भण्डारण गर्नुपर्छ । भण्डारण गर्ने ठाउँ चरा, मुसा, कीरा, जनावर आदिले नोक्सान गर्न नसक्ने हुनुपर्छ ।

मकै छोडाउने र सुकाउने

मकै घोगा धेरै छैन भने छोडाउने काम हातैले गर्न सकिन्छ । तर धेरै मकै भएको अवस्थामा विभिन्न औजार/उपकरण प्रयोग गरेर पनि मकै छोडाउन सकिन्छ । आजकाल बजारमा विभिन्न प्रकारका औजार किन्न पाइन्छ । कतिपय हातैले प्रयोग गर्ने छन् भने कतिपय बिजुली प्रयोग गरी मकै छोडाउन मिल्ने पनि छन्। एक हर्सपावरको सेलिब मेसिन’ ले एक घण्टामा ४०० किलो दाना छोडाउन सक्छ । छोडाएको मकै २ देखि ३ दिन राम्रोसंग घाममा सुकाउनुपर्छ र मकैमा करिब १० देखि १२ प्रतिशत चिस्यान हुन आयो भन्ने लागेमा बल्ल त्यो थन्क्याउनु राम्रो हुन्छ|

मकै भण्डारको सुपरिवेक्षण गर्ने

सुपरिवेक्षण गर्नाले भण्डार गरिएको मकैमा हुन सक्ने क्षतिलाई कम गर्छ । बेलाबेलामा भण्डारको निरीक्षण गर्नुपर्छ । मुसाहरू छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । घुन वा अन्य कीराको सब्क्रमण भए–नभएको हेर्नुपर्छ । छतबाट पानी चुहेको–नचुहेको हेर्नुपर्छ (बिन र बोराहरू पनि सुक्खा भए–नभएको हेर्नुपर्छ) । भुईँ सुक्खा र सफा छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ|