Search

Cauliflower

Best Management Practice (BMP)
Best Management Practice

बेर्ना सार्नको लागि जग्गाको तयारी

बेर्ना सार्नुभन्दा कम्तीमा १५ दिन अघि राम्ररी कुहेको प्राङ्गारिक मल १५०० किलो प्रति रोपनीका दरले माटोमा हाल्नु पर्छ |

बेर्ना सार्नको लागि जग्गाको तयारी

माटोको बनोट र चिस्यान कायम राख्ने क्षमता सुधार्न बलौटे माटोमा थप प्राङ्गारिक मल हाल्नु पर्छ । दुई-तीन पटक जोतेर माटोलाई मसिनो बनाई जग्गा तयार गर्नु पर्छ ।

नर्सरी ठाउँको छनोट

नर्सरीको लागि पारिलो, अग्लो र नजिकको ठाउँ हुनुपर्छ । नर्सरी बेड सिंचाई स्रोतको नजिक, दोमट माटो र राम्रो निकास व्यवस्था भएको ठाउँमा तयार गर्नुपर्छ । माटोबाट सर्नेरोगबाट जोगाउन कम्तिमा एक वर्ष अघिदेखि काउली परिवारका बालीहरु जस्तै बन्दाकोपी, ब्रोकाउली, मुला, सलगम आदि नर्सरी राख्ने जग्गामा लगाइएको हुनु हुँदैन ।

माटो

यदि माटो चिम्टाइलो छ भने उचित निकास र हावा प्रवाहको लागि माटोलाई खुकुलो पार्न पर्याप्त मात्रामा कम्पोष्ट मल हाल्नुपर्छ । प्राङ्गारिक तथा रासायनिक मलले स्वस्थ बेर्ना उत्पादन गर्न मद्दत गर्छ । प्राङ्गारिक मलले बेर्नालाई खाद्यतत्वहरू दिन्छ र बेर्नाको वृद्धि तथा तन्दुरुस्ती पनि बढाउँछ ।

आकार

नर्सरी ब्याडको माटो मसिनो नभएसम्म खनजोत गर्नुपर्छ । १ मिटर चौडाइ, १०—१५ सेन्टिमिटर उठेको र आवश्यकता अनुसार लम्बाई भएको नर्सरी बेड तयार गर्नुपर्छ । एक रोपनी जग्गामा बेर्ना सार्नका लागि ३ वर्ग मिटर (३ ह१) को नर्सरी बेड पर्याप्त हुन्छ । एक भन्दा बढि नर्सरी व्याड बनाउँदा दुई बेडका बीच ३०—४० सेन्टिमिटर ठाउँ छोड्नुपर्छ । यसरी ठाउँ छोड्नाले नर्सरीको हेरचाह जस्तै झारपात उखेल्न, रोग तथा कीरा नियन्त्रण गर्न सहज हुनुको साथै पानी बढि भएमा निकास गर्न पनि सजिलो हुन्छ ।

प्राङ्गारिक तथा रासायनिक मल

प्राङ्गारिक तथा रासायनिक मलले स्वस्थ बेर्ना उत्पादन गर्न मद्दत गर्छ । प्राङ्गारिक मलले बेर्नालाई खाद्यतत्वहरू दिन्छ र बेर्नाको वृद्धि तथा तन्दुरुस्ती पनि बढाउँछ । बीउ रोप्नु भन्दा १०—१५ दिन अघि ३ वर्ग मिटरको नर्सरीमा राम्ररी कुहेको तथा छिप्पेको ३० किलो कम्पोस्ट मल र बीउ रोप्ने दिन ३ वर्ग मिटर नर्सरीको लागि ३० ग्राम डी.ए.पी.र ३० ग्राम पोटास मल माटोमा राम्रोसँग मिलाउनु पर्छ ।

नर्सरीमा बीउ रोप्ने

क रोपनी जग्गाका लागि १०(१५ ग्राम बीउ चाहिन्छ । पाँच—पाँच सेन्टिमिटरको फरकमा बनाइएका लाइनमा १—१ सेन्टिमिरको फरकमा १ सेन्टिमिटर गहिरो हुने गरी बीउ रोप्नु पर्छ । यसरी राखिएका सबै बीउलाई भर्मिकम्पोस्ट वा मसिनो माटोले ढाक्नुपर्छ । बीउ उम्रनका लागि पर्याप्त चिस्यान कायम गर्न नर्सरी बेडमा हजारीले एकनास पानी हाल्नु पर्छ । बीउ रोपेकोनर्सरी बेडलाई ऋतुअनुसार १—२ सेन्टिमिटर बाक्लो मल्च (सुक्खा पराल वा खर) वा पोलिथिनले छोप्नु पर्छ । सवैभन्दा राम्रो भिजेको जुटको बोराले बीउ नउम्रेसम्म छोप्नु नै हो । ४—६ दिनपछि जब अधिकांश बीउहरू उम्रन थाल्छ मल्चलाइ हटाउनु पर्छ । माटोमा भएको चिस्यानको अवस्था अनुसार हल्का सिंचाइ गर्नुपर्छ । बीउ रोपेको१५ दिनपछि काउलीका बेर्नालाई ३० ग्राम युरियाले टपड्रेस गर्नुपर्छ । बेर्ना बीउ रोपेको२०—२५ दिनपछि सार्न तयार हुन्छ ।

नर्सरी हेरचाह

उच्च तापक्रम र वर्षाबाट नर्सरीलाई जोगाउन भुइँबाट करिब ९०-१२० सेन्टिमिटर माथिबाट सेडिब जाल (कजभममष्लन लभत) वा कालो पोलिथिनल वा खरको छाप्रो दिनुपर्छ । रातिको तापक्रम अति कम भयो भने बीउअब्कुरणलाई सहयोग गर्न र बेर्नालाई तुषारोबाट जोगाउन प्लास्टिक टनेल बनाउनुपर्छ ।

NURSERY TUNNEL TO PROTECT FROM COLD

आवश्यकता अनुसार झारपात उखेल्नुपर्छ । रोग वा कीराको समस्या देखिएमा नजिकको एग्रो—भेट, जेटी/जेटीए अथवा कृषिसंग सम्बन्धित अन्य संघ संस्थामा सम्पर्क गर्नुपर्छ ।

बेर्ना जरखर्याउने

सावधानीपूर्वक बेर्ना नउखेल्दा बेर्नाका जरा क्षतिग्रस्त हुन सक्छन्। परिणामस्वरूप जग्गामा सारिसकेपछि बेर्ना मर्नगई उत्पादनमा नोक्सानी हुन्छ । तसर्थ, यस्ता बेर्ना मरेको ठाउँमा पुनः बेर्ना रोप्नुपर्ने हुन्छ । जग्गामा सार्नुभन्दा २-३ दिन अघि देखि बेर्नालाई निम्न तरिकाले जरखर्याउनुपर्छः (१) बेर्ना उखेल्नुभन्दा २-३ दिनअघि नर्सरीमा सिँचाई बन्द गरेर (२) बेर्ना प्लास्टिक टनेल वा छाप्रो भित्र हुर्काइएको छ भने २-३ दिन पहिले नै प्लास्टिक वा छाप्रो झिकेर । दुवै अवस्थामा बेर्ना उखेल्नुभन्दा २-४ घण्टा अघि नर्सरी व्याड पानीलेभिजाउनुपर्छ । यसो गर्नालेमाटो नरम हुन जान्छ र बेर्ना उखेल्दा हुने क्षतिलाई कम गराउँनुको साथैसार्नु भन्दा अघि बेर्ना ओइलाउने सम्भावना कम हुन्छ । जरामा पर्याप्त माटो टाँसिने गरी बेर्ना उखेल्नुपर्छ र फराकिला ट्रे वा नाबलोमा राखि नर्सरीदेखि सार्ने ठाँउसम्म लैजानुपर्छ ।

मल व्यवस्थापन

बेर्ना सार्ने बेलामा १ रोपनी जग्गामा १३ किलो डी.ए.पी. र ८.३ किलो पोटास मल हाल्नु पर्छ । टपड्रेसको बेला १६.६ किलो युरियालाई दुई बारबर भागमा बाँडि दुई पटक हाल्नुपर्छ (२००ः१२०ः१०० ल्एप्हे/क्टर) । अगौटे जातका लागि प्रति बेर्ना ५.३ ग्राम डी.ए.पी. र ३.४ ग्राम पोटास मल हाल्नु पर्छ । मध्यम तथा पछौटे जातका लागि प्रति बेर्ना ७ ग्राम डी.ए.पी. र ४.५ ग्राम पोटास मल हाल्नु पर्छ । खेतबारीबाट अधिक लाभ लिन रासायनिक मलको प्रयोग प्रभावकारी तथा सन्तुलित हुनुपर्छ

युरिया टपड्रेसिङ

टपड्रेस गर्नु अघि झारपात उखेल्नु पर्छ र सिंचाई गरेको एक दुई दिनमा टपड्रेस गर्नुपर्छ । युरिया टपड्रेसिबले अन्य खाद्यतत्वको राम्रो उपयोगलाई सहयोग गर्छ र बालीको समग्र वृद्धि तथा उत्पादनमा मद्दत पुरयाउँछ । काउली बालीमा दुई पटक युरिया टपड्रेस गर्नुपर्छ - पहिलो पटक बेर्ना सारेको ३० दिनमा र दोस्रोपटक फूलकोपी लाग्ने चरणमा ।

युरिया टपड्रेसिङ

पहिलो र दोस्रो टप ड्रेसिबमा क्रमशः ८.३ किलो र ८.३ किलो युरिया प्रतिरोपनी हाल्नुपर्छ ।  टप ड्रेस गरिने युरियालाई बोटकोवरिपरि औँठीजस्तो बनाएर वा बोटबाट ५-७ सेन्टिमिटर पर (स्पट प्लेस्मेन्ट) हाल्नु पर्छ ।  अगौटे जातहरूका लागि हरेक टपड्रेसमा (जम्मा दुई पटक) ३.४ ग्राम युरिया प्रति बोट हाल्नु पर्छ ।  मध्यम तथा पछौटे जातका लागि हरेक टपड्रेसमा (जम्मा दुई पटक) ४.५ ग्राम युरिया प्रति बोट हाल्नु पर्छ ।

काउली टिप्ने

फूलकोपीमा परिपक्वता आउनासाथ (कसिला र सेता रङ्गका भएपछि फूलकोपीहरु परिपक्व हुन्छन्) काउली टिप्नुपर्छ । जात अनुसार बेर्ना सारेको ६५—७५ दिनपछि अगौटे जातका काउली, ९०—१०० दिनपछि मध्यम जातका काउली र ११०—१३० दिनपछि पछौटे जातका काउली टिप्नु पर्छ ।

काउली टिप्ने

काउली विहानको पछिल्लो समयमा वा बेलुकाको शुरुको समयमा टिप्नु उपयुक्त हुन्छ

गुणस्तर छुट्याउने र ग्रेडिब गर्ने

रोगी, कीरा लागेका, क्षति भएका र अन्य कारणबाट बेच्न अयोग्य काउलीलाई खेतबारीमै हटाउनुपर्छ । प्याक गृह वा सङ्कलन केन्द्रमा पठाउनु अघि अनावश्यक पात तथा डाँठको काँटछाँट गर्नुपर्छ ।

प्याकेजिब र भण्डारण

काउलीलाई ढुवानी गर्न प्लास्टिक क्रेट राम्रोप्याकेजिब सामग्री हो, किनभने यसको भित्री भाग चिल्लोहुनुका साथै यसलाई सफा गर्न सजिलो हुन्छ र धेरै पटक प्रयोग गर्न सकिन्छ । बजार लैजाँदा बाटोमा काउलीलाई हुन सक्ने क्षतिलाई कम गर्न प्लास्टिक क्रेटभित्र हरेक पत्रमा पोलिथिन र कागज राख्नुपर्छ ।